Logo

किशोर प्यानलको उम्मेदवारी दर्ता कार्यक्रममा गोल्छाको उद्घोष, इतिहासकै कठिन समयमा मैले नेतृत्व लिँदैछु, त्यसैले जोस र होस भएको टीम बनाएका छौं’

किशोर प्यानलको उम्मेदवारी दर्ता कार्यक्रममा गोल्छाको उद्घोष, इतिहासकै कठिन समयमा मैले नेतृत्व लिँदैछु, त्यसैले जोस र होस भएको टीम बनाएका छौं’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघ इतिहासमै सबैभन्दा कठिन समयमा आफुले नेतृत्व लिन लागेको भन्दै त्यसलाई सफल बनाउन आफुले रोजेको टीमलाई जिताउन आग्रह गरेका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान प्यालको उम्मेदवारी घोषणा तथा मनोनयन दर्ता कार्यक्रममा बोल्दै आफ्नो कार्यकाल सफल पार्नका लागि प्रधान प्यानललाई जिताउन आग्रह गरेका हुन् । ‘प्रधान प्यानलमा जोस र होस भएका सशक्त टीम छ,’ उनले भने, ‘यस टीमले मात्र महासंलाई सवल र सक्षम रुपमा चलाउन सक्छ ।’

साथै महासंघ भित्र राजनीतिक क्यान्सर रहेको भन्दै त्यसलाई उन्मूलन गर्नका लागि आफूले रोजेको टिमलाई जिताउन आग्रह गरेका छन् । ‘महासंघमा राजनीतिको क्यान्सर फैलिएको छ,’ उनले भने, ‘यस अघि बाहिरका व्यक्तिले महासंघ संचालन गर्दा समस्या भयो अबका दिनमा जो निर्वाचित व्यक्तित्व हुनुहुन्छ, उनीहरुले नै महासंघ हाँक्न सक्नुपर्छ, निर्वाचित नभएका कुनैपनि व्यक्तिको चलखेल हामी हुन दिँदैनौं ।’

आफूहरुले पूर्वअध्यक्षहरुसँग सरसल्लाह गरेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दै तर निर्वाचित भन्दा अन्य व्यक्तिले महासंघभित्र चलखेल गर्न नदिने बताए । ‘विषम परिस्थितिमा हामी पूर्वअध्यक्षहरुसँग सल्लाह गरेर मात्रै निर्णय गर्छौं,’ गोल्छाले भने, ‘तर महासंघ मतदाता प्रति उत्तरदायी हुँदै महासंघ हाँक्ने भनेको हामी निर्वाचितहरुले नै हो ।’

आफुले म महासंघलाई नयाँ भिजनका साथ नयाँ बाटोमा दौडाउन चाहेको जानकारी दिँदै देशमा लगानीको वातावरण बनाउने र अर्थतन्त्रलाई कसरी माथि पुर्याउने भनेर मैले प्रष्ट योजना बनाएको बताए । साथै निर्वाचित कार्यसमितिको पहिलो बैठकमा उक्त योजना पेश गरेर त्यसलाईए अनुमोदान गराएर कार्यान्वयनमा लैजाने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्