Logo

सातै प्रदेशको बजेट भाषण आज, यस्ता छन प्राथमिकता

सातै प्रदेशको बजेट भाषण आज, यस्ता छन प्राथमिकता



काठमाडौं । आज देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७७र७८ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका बिचमा आउने भएका कारण यसपटकको बजेटले स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले जानकारी दिएका छन् । स्वास्थ्यसँगै कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छन् ।

प्रतिक्रिया दिनुहोस्