Logo

महामारीपछि व्यवसायिक क्षेत्रको ऋण भुक्तानीमा विकराल अवस्था श्रृजना हुन सक्ने गभर्नर अधिकारीको भनाई, बैंकिङ क्षेत्रलाई सजग हुन आग्रह

महामारीपछि व्यवसायिक क्षेत्रको ऋण भुक्तानीमा विकराल अवस्था श्रृजना हुन सक्ने गभर्नर अधिकारीको भनाई, बैंकिङ क्षेत्रलाई सजग हुन आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि व्यवसायिक क्षेत्रमा भुक्तानीको ठुलो समस्या आईपर्ने बताएका छन् । उनले नेपाल चार्टर्ड एकाउन्टेन्टको संस्था (आईक्यान)ले आयोजना गरेको महामारीपछि जोखिम व्यवस्थापन र व्यवसायिक निरन्तरताको लागि प्रोफेसनल एकाउन्टेन्टहरुको भुमिका बिषयक छलफलमा उक्त कुराको जानकारी दिएका हुन । छलफलमा बोल्दै उनले यसरी भुक्तानीको समस्या विकराल हुँदा कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान ज्यादै चुनौतीपूर्ण हुने बताए ।

गभर्नर अधिकारीले यो महामारीपछि व्यवसायिक क्षेत्रमा ऋणको भुक्तानीमा ठूलो समस्या आउनसक्ने र यसले बैंकिङ क्षेत्रलाई समेत प्रभावमा पार्नसक्ने बताएका हुन् ।
उनले श्रम बजार साँघुरो बन्दै गएको भन्दै नेपालमा औपचारिक र अनौपचारिक क्षेत्रका ४४ लाख मानिसहरु पनि यसको प्रभावमा परिसकेको बताए ।
‘‘वैदेशिक रोजगारीमा रहेकाहरु फर्कने सक्ने भएकाले यसले यो समस्या थप बढ्नसक्ने उनको भनाइ थियो ।

यसले रेमिट्यान्स घटाउने भएकोले बाह्य क्षेत्रको सन्तुलन प्रभावित हुनसक्ने उनको भनाइ थियो । हालसम्म यो महामारीले नेपालको कुल ग्राहस्थ उत्पादनको ४।३ प्रतिशत बराबरको नोक्सानी भएको प्रक्षेपण गरिएको बताए ।

यस्तै उनले राष्ट्र बैंकले यो महामारीको प्रभावको न्यूनीकरणका लागि पटकपटक विभिन्न कार्यक्रम ल्याइसकेको भन्दै अबका दिनहरूमा बैंक दर घटाउने, ब्याजको पुँजीकरण गर्ने, ऋणको सीमा बढाउने जस्ता कार्यक्रमहरु ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL