Logo

आगामी बजेट कोरोना प्रभाव न्युनिकरणमा केन्द्रित, आर्थिक असर कम गर्न कर छुट दिने अर्थमन्त्रीको घोषणा

आगामी बजेट कोरोना प्रभाव न्युनिकरणमा केन्द्रित, आर्थिक असर कम गर्न कर छुट दिने अर्थमन्त्रीको घोषणा



काठमाडौं । आगामी आर्थिक वर्षको बजेट कोरोना महामारीका कारण परेको आर्थिक प्रभाव न्यूनीकरणमा केन्द्रित हुने भएको छ । आईतबार आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आगामी बर्षको बजेटलाइ कोरोना भाईरस प्रभाव न्युनिकरणमा केन्द्रित गर्ने बताएका हुन् ।

उनले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै भविष्यमा आईपर्ने प्राकृतिक विपदलाई ध्यानमा राखेर अघि बढ्ने बताएका हुन । उनले यसका लागि आर्थिक असर कम गर्नका लािग करछुटका कार्यक्रम अघि बढाउने बताए ।

उनले बाह्य क्षेत्रसँगको श्रम, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा कायम अन्तरआवद्धताका कारण श्रम बजार, निर्माण, उत्पादन, पर्यटन तथा आपूर्तिको श्रृङ्खलामा गम्भीर असर परेको बताए । यसका साथै उनले कोभिड १९ को प्रभावलाई न्यूनीकरण गर्दै अर्थतन्त्रलाई गतिशीलता तुल्याउनुपर्नेमा जोड दिए । कोभिड १९ का कारण निजी क्षेत्रको व्यवसायमा परेको असरलाई कर सहुलियत प्रदान गर्नेगरी मौद्रिक नीतिमार्फत सम्वोधन गर्ने उनले प्रतिबद्धता जनाए।

उनले अर्थतन्त्रलाई गतिशिल तुल्याउन विभिन्न अर्थतन्त्रका विभिन्न क्रियाकलापहरु अघि सार्ने जानकारी दिए । उनका अनुसार नेपालमा श्रमशक्तीलाई व्यवस्थापन गर्नका लागि श्रमिकलाई रोजगारीमा जोड्ने बताए । उनले सामाजिक न्यायसहितको तिव्र आर्थिक वृद्धिलाई प्राथमिकता दिएर खेलकुद, ठुला आयोजनालगायतमा बढी ध्यान दिने बताए ।

प्रतिक्रिया दिनुहोस्