Logo

राष्ट्र बैंकका निर्देशक खरेल पुनः अर्थमन्त्रालय काजमा तानिए, यस्तो छ कारण !

राष्ट्र बैंकका निर्देशक खरेल पुनः अर्थमन्त्रालय काजमा तानिए, यस्तो छ कारण !



काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेललाई पुनः काजमा झिकाएको छ । यस अघि पनि काजमा अर्थमन्त्री डा. युवराज खतिवडाको आर्थिक सल्लाहकार रहेर काम गरेका खरेललाई पुनः राष्ट्र बैंककै काममा फिर्ता पठाइएको थियो ।

तर अर्थमन्त्री खतिवडाले आफ्ना छोरीज्वाईँ समेत रहेका खरेललाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि भन्दै काजमा पुनः अर्थ मन्त्रालय बोलाएका हुन् ।

अर्थ मन्त्रालयले बजेट लेखनका लागि एक जना निर्देशक काजमा पठाउन राष्ट्र बैंकलाई चिठ्ठी लेखेको र सोही अनुरुप खरेललाई पठाइएको राष्ट्रबैंक स्रोतले जानकारी दिएको छ ।

खरेल यस अघि पनि चालू आर्थिक बर्षको बजेट लेखनमा सहभागी भएर साउनदेखि राष्ट्र बैंक फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL