Logo

जीडीपीमा उद्योग र व्यापारको योगदान घट्यो, कृषि र निर्माणको बढ्यो

जीडीपीमा उद्योग र व्यापारको योगदान घट्यो, कृषि र निर्माणको बढ्यो



काठमाडौं । यो बर्ष कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा उद्योग र व्यापारको योगदान घटेको छ । केन्द्रिय तथ्यांक विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार यो बर्ष जीडीपीमा उद्योग,व्यापार, खानी तथा उत्खननलगायत ६ ओटा क्षेत्रको योगदान घटेको हो ।

यस्तै कृषि क्षेत्रको योगदान भने बढेको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार अघिल्ला बर्षझै यो बर्ष कृषिलगायत मत्स्य, विद्युत, बनलगायत क्षेत्रको योगदान बढेको हो । यस्तै आगामी आर्थिक बर्ष पनि जीडीपीमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । चालु आवमा भने जीडीपीमा कृषि क्षेत्रको योगदान २६ प्रतिशत रहेको छ ।

विभागका अनुसार चालु आवमा जीडीपीमा थोक तथा खुद्रा व्यापारका योगदान करिव १ प्रतिशतले घटेको छ । गत आवमा जीडीपीमा यसको योगदान १४ दशमलव ३७ प्रतिशत रहेकोमा यो बर्ष घटेर १३ दशमलव ८९ प्रतिशत पुगेको हो । तर रियल स्टेट क्षेत्रको योगदान भने केही हदसम्म बढेको छ । यस्तै यो बर्ष यातायात संचार तथा भण्डारणको योगदान भने १ प्रतिशतले घट्ने बताईएको छ ।

यो बर्ष कृषि क्षेत्रमा मौशम अनुकुल बर्षाका कारण उत्पादनमा वृद्धि भई यसले जीडीपीमा राम्रै योगदान पुर्याउने विज्ञहरुको भनाई छ । यस्तै विभिन्न किसिमले व्यापार तथा उद्योगमा केही नकारात्मक असर पर्दा उद्योग तथा व्यापार क्षेत्रको योगदान घटेको उद्योगी व्यवसायीको भनाई छ ।

‘चालु आवको अन्त्यतिर विश्वभर फैलिएको कोरोना भाईरसको महामारीले व्यापार व्यवसाय चौपट हुँदा सम्पुर्ण उद्योग क्षेत्र धराशायी भयो,’ एक उद्योगीले बताए, ‘यसरी व्यापार चौपट हुँदा सम्पुर्ण सप्लाई चेनमा समस्या आएर यसको योगदान केही घटेको हो ।’

जीडीपीमा उद्योग र व्यापारको योगदान घट्यो, कृषि र निर्माणको बढ्यो

विश्वभरीको व्यापार सप्लाई चेनमा कोरोनाको ठुलो असर परेको छ । कुल ग्राहस्थ उत्पादनमा ठुलो योगदान दिने कृषि क्षेत्र भने आन्तरिक उत्पादन भएकाले केही बढ्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL