Logo

कोरोना महामारीपछिको अर्थतन्त्र : कुन राष्ट्र बन्नेछ अर्थतन्त्रका आधारमा विश्वकै शक्तिशाली ?

कोरोना महामारीपछिको अर्थतन्त्र : कुन राष्ट्र बन्नेछ अर्थतन्त्रका आधारमा विश्वकै शक्तिशाली ?



काठमाडौं । पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण विश्व अर्थतन्त्र पुछारमा पुगेको छ । धेरै देशहरुले लामो तथा छोटो समयको प्रतिबन्ध घोषणा गरेका छन् । यस्तो अभावले भविष्यमा धेरै ठुलो तथा अप्रत्याशित परिवर्तन ल्याउने निश्चित छ ।

अबका दिनमा व्यवसायमा सहनशिलना, अटोमेशन तथा स्थिरता अपनाउने देशहरु शक्तिशाली र विजेता हुनसक्छन् । विभिन्न देशहरुले आफ्नो अर्थतन्त्रका लागि भन्दै विभिन्न प्याकेजहरु घोषणा गरेका छन् जसका कारण बजारमा तरलता फर्केको छ । यसले खस्किरहेको अर्थतन्त्रलाइ माथि उकास्नका लािग पनि केही राहत मिल्नेछ भने लकडाउनका कारण भएको प्रतिबन्धलाई पनि मद्धत पुग्नेछ । तर यस्ता प्याकेजहरु ठुला र धनाढ्य कम्पनी र उद्योगहरुका लागि ल्याईएपनि अघि बढ्न संघर्ष गरिरहेका साना उद्योगका लागि नभएको केहीको गुनासो छ ।

यो एक साना र ठुला देशहरुको सरलीकरण गर्ने युग पनि हो । आगामी दिन अब फिनटेक, र डिजीटल युगको हुनेछ । ठुला बैंक र ब्राण्डहरु आपतमा पर्ने देखिन्छ । कोरोना भाईरसले केही समयपछि विभिन्न उद्योगधन्दाहरुको पुनर्जन्म हुनेछ भने अर्थतन्त्रमा पनि सोही अनुसारको व्यपकता आउन सक्ने अनुमान गर्न सकिन्छ । हालै क्यासको कारोबार भन्दा पनि डिजिटल प्रोत्साहनलाई प्राथमिकता दिने दिन आउनेछ ।

यस्तो बेलामा विभिन्न ३१ देशहरु भने माथि उठ्ने अनमान गर्न सकिन्छ । बेलायतमा एटीएम कारोबोर अघिल्लो महिनाको भन्दा ६ प्रतिशतले गिरावट आएको छ भने गत बर्षको तुलनामा १४ प्रतिशतले कमी आएको छ । पछिल्लो समय मानिसहरुले सामाजिक दूरी कायम गर्नका लागि जुम, स्ल्याक, माईक्रोसफ्ट टिमलगायतका पोर्टलहरुको अत्याधिक प्रयोग गर्न थालेका छन् । जसका कारण दशौं लाख मानिसहरु सामाजिक दुरी कायम गर्दै अन्तरक्रिया गर्न सक्षम भएका छन् ।

यस्तै ईन्टरनेटको माध्यमबाटै विभिन्न कम्पनीहरुको काम पनि घरबाटै गर्न सकिने भएको छ । यसले वास्तविक समयमा भईरहेको सप्लाई चेनलाई केही डिस्टर्व गरेपनि पीपीई, भेन्टिलेटर तथा औषधिजन्य पदार्थको माग भने घटेको छैन । यसरी ईन्टरनेको फाईदा लिँदै कम्पनी, औद्योगिक धन्दाहरु अगाडी बढाईरहेका विभिन्न उद्योगहरु भने महामारीको बेलामा अर्थतन्त्रमा अघि बढ्ने देखिन्छ । वर्ल्ड इकोनोमिक फोरमबाट साभार

प्रतिक्रिया दिनुहोस्
MBL