काठमाडौं । नेपालले हालसम्म ५ अर्ब ४७ करोड ८० लाख अमेरिकी डलर (नेरु ६ खर्ब २४ अर्ब) रुपैयाँ वैदेशिक ऋण लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको तथ्याङ्कले नेपालले हालसम्म विभिन्न वैदेशिक साझेदारहरुसँग उक्त ऋण लिएको देखाएको छ ।
विश्व बैंकले अन्तरराष्ट्रिय ऋणको तथ्याङ्क सार्वजनिक गर्दै नेपालको हालसम्मको वैदेशिक ऋण दायित्व ६ खर्ब रुपैयाँ माथि रहेको र सोवापत ५ अर्ब रुपैयाँभन्दा बढी व्याज भुक्तानी गरेको देखाएको छ ।
नेपालले लिएको बाह्य ऋणमा सबैभन्दा बढि दीर्घकालीन ऋण रहेको छ भने कुल ऋणमध्ये ५ अर्ब ७ करोड डलर अर्थात ५ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ ।