Logo

सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारलाई प्रतिवेदन बुझायो, वित्तीय अनुशासन कायम गर्न सुझाव

सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारलाई प्रतिवेदन बुझायो, वित्तीय अनुशासन कायम गर्न सुझाव



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडालाई सार्वजनिक खर्च पुनरावलोकन आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ ।

विद्यमान बजेट प्रणालीलाई सुधार एवं परिमार्जन गरी संघीय संरचना अनुरुप बनाउन अपनाउनुपर्ने कामका बारे आवश्यक सुझाव दिन गठित समितिले प्रतिवेदन बुझाएको हो ।

डा.डिल्लीराज खनालको अध्यक्षतामा गठित सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन बुझदै मन्त्री खतिवडाले आयोगले सुल्झाएका विषयलाई सरकारले क्रमश कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन ।

मुलुकका तीनै तहका सरकारको खर्च प्रणालीको व्यवस्थापन गरी वित्तीय अनुशासन कायम गर्ने लगायतका विभिन्न पक्षका बारे प्रतिवेदनमा सुझाव दिइएको आयोगका अध्यक्ष डा खनालले बताए ।
सो कार्यक्रममा अर्थ सचिव डा. राजन खनालले विद्यमान खर्च प्रणालीमा देखिएका समस्याहरुलाई समाधान गर्दै जाने सन्दर्भमा यो प्रतिवेदन सम्रग सुधारको एउटा अंग रहेको बताएका छन ।

वित्त क्षेत्रमा देखिएका समस्यालाई समाधान गरी देशको विकास र समृद्धिको पक्षमा टेवा पुगोस भन्ने उद्देश्यले सरकारले २०७५ भदौं ३ गते सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्