Logo

आयात गर्ने बस्तुको सूचीमै पुनरावलोकन गर्दै सरकार, प्रतिव्यक्ति आयको आधारमा डलर सटही सुविधा

आयात गर्ने बस्तुको सूचीमै पुनरावलोकन गर्दै सरकार, प्रतिव्यक्ति आयको आधारमा डलर सटही सुविधा



काठमाडौं । सरकारले व्यापार घाटा न्युनिकरण गर्न आयात गर्ने वस्तुको सूचीमा समेत पुनरावलोकन गर्ने भएको छ । सांसदहरुको प्रश्नमा जवाफ दिँदै अर्थ मन्त्री डा. युवराज खतिवडाले सरकारले विलासी वस्तुको आयात कम गर्ने प्रयास गरिरहेको भन्दै विदेशी मुद्रा अनावश्यक रुपमा खर्च नगर्ने तथा आयात गर्ने वस्तुको सूचीमा समेत पुनरावलोकन गर्न लागिएको बताए ।

पछिल्लो समय देशको व्यापार घाटा उच्च रुपमा बढेसँगै सरकारले गाडी, सुन, विलासिताका बस्तु, महङ्गा मोवाइल, अनावश्यक खाद्यय बस्तु आयातमा कडाई गर्ने नीति लिएको छ । सोही अनुसार आगामी दिनमा त्यस्ता वस्तुमा भन्सार उच्च गरेरै भएपनि आयात न्युनिकरण गर्न लागिएको हो ।

यसैगरी सांसदहरुको प्रश्नमा अर्थ मन्त्री डा. खतिवडाले पछिल्लो नेपालीको प्रतिव्यक्ति आयतका आधारमा डलर सटही सुविधा घटाइएको जानकारी दिएका थिए । संसदमा कांग्रेस संसदहरुले नेपालीहरुले विदेश भ्रमणमा जाँदा पाउने डलर सटही सुविधा घटाएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।

केही समय अघि नेपाल राष्ट्र बैंकले नेपालीहरु विदेश भ्रमणमा जाँदा पाउने डलर सटही सुविधालाई २ हजार ५ सय डलरबाट घटाएर १ हजार ५ सय डलरमा झारेको थियाृे । यसैगरी वैदेशिक रोजगारीमा जाने नेपाल कामदारले पाउने डलर सटही सुविधाको सिमालाई पनि घटाएको छ ।

प्रतिक्रिया दिनुहोस्