काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालको विकासका लागि निजी क्षेत्रमा ८ सय मिलियन डलर बराबर लगानी गर्ने भएको छ ।
विश्व बैंकले शुक्रबार आयोजना गरेको कन्ट्री प्राईभेट सेक्टर डाएग्नोस्टिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल, भुटान, बंगलादेशकी क्षेत्रिय निर्देशक वेन्डी वेर्नरले नेपाली रुपैयाँ करिव ९० अर्ब बराबरको लगानी निजी क्षेत्रमा गर्ने बताएकी हुन ।
प्रतिवेदनले नेपालले दिगो लगानीलाई जोड दिएर उत्पादकत्व बढाउन सक्ने विश्व
जानकारी दिएको छ । प्रतिवेदनमा नेपालले पर्यटन, कृषि व्यापार, शिक्षा, स्वास्थ्य, तथा सुचना तथा संचार क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढे दिगो लगानी भित्र्याउन सकिने देखाएको हो ।
प्रतिवेदनका अनुसार नेपालको भौगालिक स्थितिले दिगो लगानीको फाईदा लिन नसकेको देखाएको छ । साथै नेपालमा भएको यस किसिमको भौगालिक बाधाहरुले संस्थागत, पुर्वाधार, कनेक्टिभिटी लगायतका क्षेत्रमा लगानी भित्र्याउन गार्हो भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार नेपालले केहि बर्षअघिदेखि गरिवी निबारणको लागि राम्रो कदम चालेको र सोहि अनुसार यसको वृद्धि गर्दै जाने जानकारी दिएका छन ।