Logo

दिनदिनै दयनीय बन्दै नेपाली मुद्रा, अमेरिकी डलर ११४ रुपैयाँ २४ पैसामा बिक्री

दिनदिनै दयनीय बन्दै नेपाली मुद्रा, अमेरिकी डलर ११४ रुपैयाँ २४ पैसामा बिक्री



काठमाडौं । पछिल्लो समय दैनिक रुपमा अमेरिकी डलरले नयाँ रेकर्ड कायम गरको छ । नेपाली रुपैयाँको अबमूल्यन हुँदै अमेरिकी डलरको मूल्य १ सय १४ रुपैयाँ २४ पैसा पुगेको छ ।

भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनियमदर रहेको र पछिल्लो समय डलरसँग भारु कमजोर भएसँगै त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा देखिन आएको हो । भारतीय रिजर्व बैंकले मंगलबारका लागि १ डलर बराबर ७१ रुपैयाँ २१ पैसा भारु तोकेको छ ।

पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्रा एकदमै कमजोर बन्दै गएपछि त्यसको प्रत्यक्ष असर आयातमा पर्न गएको छ । डलरको मूल्य बढेसँगै पछिल्लो सयम नेपालको आयात उच्च रुपमा बढ्न गएको छ । भन्सार विभाको तथ्याङ्क अनुसार साउन महिनामा मात्रै सवा खर्बको सामान आयात भएको छ ।

डलर मूल्य बढेकै कारण नेपाल आयल निमगको घाटा समेत उच्च रुपमा बढ्न पुगेको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य अनुरुप निगमलाई मटट्तीले र हवाई इन्धन बाहेक अन्य सबैमा उच्च घाटा रहेको छ । जसले गर्दा निगमको घाटा चार गुणाले बढ्दै मासिक ६४ करोड घाटा व्यहोर्ने देखिएको छ ।

डलरको मूल्य बढेकै कारण यसपटकको दशै तथा तिहार जस्ता चाडपर्वमा नेपाली बजारमा सामानको मूल्य समेत उच्च रुपमा बढ्ने देखिएको छ । अहिले व्यापारीले उच्च डलर मूल्य हुँदा आयात गरेका सामान चाडपर्वको समयमा महङ्गोमा बेच्नुपर्ने बाध्यता रहेको एक व्यापारीले जानकारी दिए ।

यसैगरी नेपाली उद्योगको उत्पादन लागत समेत बढ्न भएको छ । नेपाली उद्योगहरु आयातित कच्चा पदार्थमा निर्भर रहेकाले डलरको मूल्य बढ्दा उद्योगका लागि आवश्यक कच्चा पदार्थ समेत महङ्गो पर्न जाने छ । जसका कारण नेपाली उद्योगबाट उत्पादित बस्तुको मूल्य समेत बढ्ने छ ।

तर, डलरको मूल्य बढ्दा नेपाल भित्र्ने रेमिटान्समा भने सहयोग पुग्नेछ । नेपालको भुक्तान सन्तुलन राख्न महत्वपूर्ण योगदान दिँदै आएको रेमिटान्स आप्रबाहमा बृद्धि हुँदा त्यसले अर्थतन्त्रमा भने केही सकारात्मक प्रभाव पार्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL