काठमाडौं । सरकारमाथी पछिल्लो समय निबृतभरण पाएका कर्मचारीले पाउने पेन्सन रकमको भार उच्च रुपमा थपिँदै गएको छ ।
महालेखा नियन्त्रकको दिएको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा सरकारले पेन्सनबापत कुल ४० अर्ब १४ करोड रुपैयाँ वितरण गरेको थियो । यो रकम अघिल्लो आर्थिक बर्षको तुलनामा ३ अर्ब रुपैयाँले बढि हो ।
गत आबमा पेन्सन पाउने कर्मचारीको सख्यामा पनि १२ हजारभन्दा बढिले बृछि भएको छ । आर्थिक बर्ष २०७३/७४ मा कुल २ लाख ३२ हजार जनाले पेन्सन रकम बुझेकोमा गत आर्थिक बर्षमा आईपुग्दा यस्तो संख्या बढेर २ लाख ५० हजार नाघेको छ ।
हालसम्म सेना, प्रहरी तथा निजामती कर्मचारी गरी सो संख्यामा पेन्सन बुझ्दै आएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको हो ।