Logo

वित्तीय अपराध न्युनिकरण गर्न सम्मेलन, कत्तिको फलदायी होला नेपालको लागि ?

वित्तीय अपराध न्युनिकरण गर्न सम्मेलन, कत्तिको फलदायी होला नेपालको लागि ?



काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीआइ) ले नेपालमा हुनेगरेको वित्तीय अपराध न्युनिकरण गर्न सम्मेलन आयोजना गर्ने भएको छ । एनबीआईले भारतको फिन्टेलेक्ट संस्थासंगको सहकार्यका बैशाख २४ गते सो सम्मेलन गर्न लागेको हो ।

बैंकिङ तथा वित्तीय क्षेत्रमा बढदो अपराधलाइ मध्यनजर गर्दै अन्तरराष्ट्रिय अनुभव आदान प्रदान गर्न ‘फाइनान्सियल फ्रड कन्फरेन्स’ गर्न लागेको आयोजकले जानकारी दिएको छ । सो कार्यक्रममा वित्तीय अपराधहरु पत्ता लगाउने तरिका, अनुगमन, निदान तथा सुपरीवेक्षण गर्ने कामहरुमा देखिएका चुनौतीहरु के कस्ता छन् भन्ने बारेमा चर्चा गरिने छ ।

साथै सम्मेलनमा के कस्तो रणनितिक पहलहरु गरेमा वित्तीय अपराधलाई न्यूनिकरण गर्न सकिन्छ भन्ने बारे पनि छलफल हुने आयोजकको भनाइ छ । सम्मेलनमा एचडिएफसी बैंकका आन्तरिक सतर्कता प्रमुख प्रसुन सिंह र नियमक निर्देशक प्रीयङका कडमले सो विषयको बारेमा जानकारी दिनेछन ।

सो सम्मेलनमा विभिन्न बैँक तथा वित्तीय संस्थाहरुबाट १ सय ५० भन्दा बदी उच्च पदस्थका बैंकिङ कर्मचारीहरु सहभागिता हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL