Logo

नेपालमा लगानी बढाउन भारतीय लगानीकर्तालाई एफएनसीसीआई अध्यक्ष राणाको आग्रह

नेपालमा लगानी बढाउन भारतीय लगानीकर्तालाई एफएनसीसीआई अध्यक्ष राणाको आग्रह



काडमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको राजकीय भ्रमण टोलीमा गएकी राणाले दिल्लीमा नेपाल–भारत व्यवसायिक फोरम बैठकलाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आग्रह गरेकी हुन् ।

भारतीय उद्योग वाणिज्य महासंघ, भारतीय उद्योग परिसंघ र एसोचेमले संयुक्त रूपमा शुक्रबार आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष राणाले नेपालमा लगानी बढाउन ढिला नगर्न आग्रह गरेकी छिन । अध्यक्ष राणाले स्थिर सरकार, प्रधानमन्त्री स्वयम् मुलुकभित्र आर्थिक बृद्धि, रोजगारी सृजना र सुशासन कायम गर्न प्रतिवद्ध रहेको बताउँदै प्रमको नेतृत्वमा अब नेपाल आर्थिक समृद्धिको मार्गमा अगाडी बढ्ने विश्वास दिलाएकी दिइन । भारतले हासिल गर्दै गएको आर्थिक समृद्धिबाट लाभ लिन नेपाल सधै लालयित रहेको अध्यक्ष राणाको भनाई थियो ।

अध्यक्ष राणाले नेपाल भारत बीचको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई नयां शिराबाट अगाडी बढाउनु पर्नेमा जोड दिएकी छिन । दुवै देशका निजी क्षेत्र बीचको सम्बन्ध घनिष्ठ रहेको बताउदै अध्यक्ष राणाले आपसी सहकार्यका क्षेत्रहरूको विस्तार तथा सहकार्यका नयाँ क्षेत्रहरूको पहिचानमा जोड दिनुपर्ने बताएकी छिन । विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रको रुपमा अगाडी बढीरहेको भारतबाट नेपालले पर्याप्त लगानी तथा प्रविधिको अपेक्षा गरेको बताएकी छिन ।

आर्थिक समृद्धिको मार्गमा बामे सार्दै गरेको नेपालका लागि भारतसँगको व्यापार घाटा अत्यन्त चिन्ताको विषय रहेको बताउँदै अध्यक्ष राणाले भारतीय लगानीकर्ताहरूलाई नेपालमा पर्याप्त लगानी बढाउन आग्रह गरेका हुन । उर्जा, पूर्वाधार र ठूला उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खोजिरहेको भन्दै यी क्षेत्रहरुका अतिरिक्त पर्यटन, धार्मिक पर्यटन जस्तो वुद्ध सर्किट, रामसीता जन्मभूमी सर्किटमा आपसी सहकार्य गर्न सकिने बताएकी छिन ।

नेपालमा भारतीय उद्योगले लाभ लिन सकेका उदाहरण दिँदै लगानी खोजिरहेको नेपालका लागि सहयोग गर्न भारतीय सरकार तथा निजी क्षेत्रलाई आग्रह गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्