Logo

रसुवागढीको ढुवानी सेवा सूचारु, रोकिएको चिनियाँ सामग्री भित्रिँँदै

रसुवागढीको ढुवानी सेवा सूचारु, रोकिएको चिनियाँ सामग्री भित्रिँँदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । माघ अन्तिम साताबाट बन्द भएको नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको ढुवानी सेवा सुचारु भएको छ ।
ल्होछार तथा चिनीयाँ पर्वका कारण कामदार बिदामा गएपछी ढुवानी बन्द भएकोमा चिनियाँ सामग्री केरुङमा लोड हुन थालेको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार सामान ल्याउने ट्रक तथा कन्टेनर दिनहुँ २०÷३५ वटाको संख्यामा सीमापार गर्न थालेका छन् ।

हालसम्म ३ सयदेखि ४ सयसम्म मालबाहक सवारी साधन केरुङ क्षेत्रमा पुगिसकेको र सामान लोड हुने क्रम जारी रहेको उनले बताए ।

त्यस्तै केरुङ क्षेत्रमा सामान ढुवानी गर्ने सबैभन्दा ठूलो चिनियाँ मुसाटासपोर्टले भने नेपाल पठाउने सामग्री लोड गर्ने काम आइतबार बिहानैदेखि शुरु गरेको छ । लोड हुन थालेका ती सामग्रीमा कपडा, जुत्ता, चप्पल, बच्चाका खेलौनालगायत रहेको छ ।

सामान आयात निर्यात नहुँदा सुनसान रहेको टिमुरे तथा रसुवागढी क्षेत्रमा चहलपहल ह्वात्तै बढेको छ । रासस

प्रतिक्रिया दिनुहोस्