Logo

एनआरएन पदाधिकारी र प्रम ओलीबीच भेट, नागरिकता कार्यन्वयनको क्रममा रहेको जानकारी

एनआरएन पदाधिकारी र प्रम ओलीबीच भेट, नागरिकता कार्यन्वयनको क्रममा रहेको जानकारी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । गैर आबासीय नेपाली संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्म दिनको बधाई दिएको छ । संघका अध्यक्ष भवन भट्टलगायतका पदाधिकारीले प्रम ओलीलाई जन्म दिनको बधाई ज्ञापन गरेको हो ।

सो अवसरमा अध्यक्ष भट्टले बहुमतको सरकार बनेसंगै राजनैतिक अस्थीरताको अन्त्य र मुलुकमा आर्थिक विकाशले गति लिने विश्वास व्यक्त गरे ।

साथै पेशा, व्यवसाय, रोजगारी सबै क्षेत्रमा नेपालीहरु अघि बढीरहेको र मुलुकले पनि यस्को फाईदा लिन सक्ने बताए ।

उनले नेपालको विकाश एक दुई जनाको प्रयासले मात्र नहुने भन्दै सबै हात एक साथ भन्ने नाराका साथ संघले काम गरेको जानकारी दिए ।

छरिएर रहेका स्रोेतलाई एकीकृत गरि लगानीयोग्य स्तरमा पुर्याउने उद्देश्यसहित लगानीका लागि बिशेष संयन्त्र स्थापनाका लागि प्रयासरत रहेकोमा यस कार्य को लागि प्रधानमन्त्रीको साथ पाउने अपेक्षा लिएको जारी बिज्ञप्तिमा छ ।

वैदेशिक रोजगार नेपालीको जीवन नली भएको भन्दै रोजगारमा गएकाहरुको भबिष्य सुनिश्चित गर्न संघले प्रयास गरेको संघका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बताए । भेटका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो उद्देश्य मुलुकको हितका लागि काम गर्ने रहेको बताए ।

प्रधानमन्त्रीले गैर आवासीय नेपालीलाई नागरिकताको बिषय नेपालको संविधानले संबोधन गरिसकेकाले त्यसको कार्यन्वयन मात्र बाँकी रहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
MBL