Logo

एनआईबिएल क्यापिटल मार्केट्सलाई उत्कृष्ट ब्राण्ड अवार्ड

एनआईबिएल क्यापिटल मार्केट्सलाई उत्कृष्ट ब्राण्ड अवार्ड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडले नेपालको उत्कृष्ट ब्राण्डको अवार्ड हात पारेको छ ।

सिएमओ एसियाद्वारा काठमाण्डौको सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडले नेपालको उत्कृष्ट ब्राण्डको अवार्ड हात पारेको हो ।

जस अन्तर्गत उत्कृष्ट बैकिङ बिमा तथा वित्तीय सेवा प्रदायक कम्पनीहरु पर्दछन् । वल्र्ड सिएसआर डे एण्ड वल्र्ड सस्टेनाविलीटीका संस्थापक डाआरएल.भाटियाको उपस्थितिमा उक्त कार्यक्रममा अर्थराज्यमन्त्री उदय शम्सेर जबराद्धारा उक्त अवार्ड बितरण गरिएको थियो ।

सो कार्यक्रममा बैकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोेटेक्नोलोजी, कन्स्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए ।

विभिन्न क्षेत्रमा आवद्ध कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनको आधारमा विजेताहरु छनौट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL