Logo

चेम्बर प्रतिनिधिले भेटे परराष्ट्रमन्त्री, छिमेकी मुलुकबाट ठूला आयोजना भित्र्याउने वातावरण बनाउन आग्रह

चेम्बर प्रतिनिधिले भेटे परराष्ट्रमन्त्री, छिमेकी मुलुकबाट ठूला आयोजना भित्र्याउने वातावरण बनाउन आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सको एक प्रतिनिधि मण्डलले आज उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँंग भेटवार्ता गरेको छ । चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले महरासँंग भेटवार्ता गरी मुलुकको आर्थिक गतिविधि तथा आर्थिक कुटनीतिका विषयमा अवगत गराएका थिए ।

भेटमा चेम्वरका अध्यक्ष श्रेष्ठले दुई छिमेकी मुलुक भारत र चीनबाट ठूला आयोजनाहरुमा लगानीको वातावरण वनाउनु पर्ने बताए ।

साथै दुवै छिमेकी मुलुकमध्ये कुनै एउटाको पक्ष नलिई दुवै देशलाई समदुरीमा राखेर नेपाल र नेपालीको हितमा दुवै देशबीच कुटनीतिक सम्वन्ध कायम गर्नुपर्नेमा जोड दिए ।

नेपालले बहुपक्षीय आर्थिक सम्वन्धका बृहद क्षेत्र समेट्ने साफ्टा, विम्स्टेक तथा बीबीआईएन लाई आर्थिक समृद्धि हासिल गर्ने कुटनीतिक माध्यमको रुपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपप्रधान एवं परराष्ट्रमन्त्री महराले दुवै छिमेकी मुलुकलाई समदुरीमा राखेर दुवै देशबाट फाइदा लिने पक्षमा नेपाल रहेको बताए ।

यसका लागि आफूले चीनको भ्रमण गरिसकेको र भारत भ्रमणका अवसरमा साफ्टा विम्स्टेक तथा बीबीआईएनलाई गतिशिल बनाउन पहल गर्ने समेत जानकारी दिए ।

साथै मुलुकको आर्थिक विकासका लागि विदेशस्थित नेपाली नियोगका भूमिकालाई प्रभावकारी रुपमा परिचालन गर्ने रणनीति रहेको बताए ।

प्रतिनिधि मण्डलमा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोक मान्य गोल्छा, प्रथम उपाध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधर, दिद्धीय उपाध्यक्ष राजेन्द्र मल्ल लगायतका पदाधिकारीहरु तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL