Logo

अख्तियार प्रमुख बस्न्यातले भने, जनविश्वास नगुमाई इमान्दार र अनुशासित भएर काम गर्नु

अख्तियार प्रमुख बस्न्यातले भने, जनविश्वास नगुमाई इमान्दार र अनुशासित भएर काम गर्नु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त दीप बस्न्यातले आयोगप्रतिको जनविश्वास र भरोसालाई अझ मजबुद् बनाउने गरी ईमान्दार र अनुशासित भई काम गर्न निर्देशन दिएका छन् । आज अख्तियार प्रमुखको पदबहाली गर्दै कर्मचारीलाई उक्त निर्देशन दिएका हुन् ।

आयोगको कार्य सम्पादनलाई प्रभावकारी र नतिजामुखी बनाउन कर्मचारीहरूको भूमिका महत्वपुर्ण रहने भन्दै आयोगले शुरू गरेका सुधारका प्रयासहरूलाई आगामी दिनमा अझ सशक्त र प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए । साथै अनुसन्धान तहकिकात सम्बन्धी कार्य गर्दा कुनै पनि कसुरदार नछुटाई निर्दोष व्यक्ति सजायको भागिदार हुन नपरोस् भन्ने मान्यतालाई आत्मसात् गर्दै अघि बढ्नेपर्ने बताए । साथै कुनै आग्रह र पूर्वाग्रह नराखी निष्पक्षतापुर्वक जिम्मेवारी निर्वाह गर्न समेत दिर्नेशन दिएका छन् ।

आगामी दिनमा आयोगको गरीमालाई अझ उच्च बनाउन आफु सदा तत्पर र प्रतिबद्ध रहेको बताउँदै आयोगका कर्मचारीहरूबाट थप लगन, ईमान्दारिता र प्रतिबद्धताका साथ कार्य सम्पादन हुनेमा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL