काठमाडौं । अर्थ मन्त्रालयले बजेट एप संचालनमा ल्याएको छ । सर्बसाधारणमा सहज रूपमा बजेट सम्बन्धी जानकारी पुर्याउने उधेश्य अनुरूप एप संचालनमा ल्याईएकाे उप प्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले बताए ।
मन्त्रालयका अनुसार एपमा बजेटकाे सम्पुण जानकारी दिईनेछ । जसमा बजेटकाे राताे किताब, अार्थिक सर्बेक्षण तथा मन्त्रालयगत बिनियाेजित बजेट समेत राखिनेछ ।
साथै उक्त एपबाट अागामी अार्थिक बर्षकाे बजेटकाे प्रत्यक्ष प्रसारण समेत गरिने भएकाे छ ।
उक्त एपलाई एन्ड्रोइड प्ले स्टोर र एप्पलबाट पनि डाउनलोड गर्न सकिने छ । एन्ड्रोइडबाट अहिले नै डाउनलोड गर्न सकिने छ भने एप्पलमा भने केही समय लाग्ने अर्थले जानकारी दिएको छ ।