काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेट १ खर्ब ६८ अर्वले घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार १ खर्ब ६८ अर्ब रुपैयाँ घटाइएको बताएका हुन् । चालू आर्थिक वर्षको लागि ल्याइएको बजेटको मध्यावधी समीक्षा गर्दै उनले सबै बजेट खर्च नहुने भन्दै बजेट घटाउनु परेको बताए । उनले संसदमै संशोधीत अनुमान पेश गरेका हुन् ।अर्थमन्त्री पौडेलले पेश गरेको संशोधीत अनुमान अनुसार बजेटको आकार ९ प्रतिशत घट्ने भएको हो । चालू आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० बजेट विनियोजन गरेको थियो। अहिले १६ खर्ब ९२ अर्ब रुपैयाँ मात्र खर्च हुने अनुमान गरिएको छ । अर्थमन्त्री पौडेलले बजेट विनियोजनको ९० दशमलव ९९ प्रतिशत खर्च हुने जानाकारी दिएका छन् । मध्यावधी समीक्षामा चालू, र विकास बजेट दुबै घट्ने भनिएको छ । वित्तिय व्यवस्थापनमा भने सबैसजो खर्च हुने भनिएको छ ।भनिएको छ ,‘ चालूतर्फ १० खर्ब २९ अर्ब अर्थात् ९०.२४ प्रतिशत, पुँजीगततर्फ २ खर्ब २९ अर्ब अर्थात् ८५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६३ अर्ब अर्थात् विनियोजनको ९९ प्रतिशत खर्च हुने अनुमान छ ।’ १२ खर्ब ८६ अर्ब ९८ करोड आन्तरिक ऋण ३ खर्ब ३० अर्ब र वैदेशिक अनुदान ३६ अर्ब तथा वैदेशिक ऋण १ खर्ब ८० अर्ब खर्च समेत भनिएको हो ।