काठमाडौं । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको प्रमुख आर्थिक सूचकका विवरण अनुसार निर्यातमा उल्लेख्य वृद्धि भएको छ। चालु आवको साउनदेखि पुससम्म ९८ अर्ब ७९ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएको छ, जुन गत वर्ष सोही अवधिको तुलनामा ३१.८ प्रतिशतले वृद्धि हो। अघिल्लो आवको पहिलो ६ महिनामा भने निर्यात ७.२ प्रतिशतले घटेर ७४ अर्ब ९७ करोडमा सीमित थियो।
त्यस्तै, पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरका वस्तु आयात भएको छ, जसमा ७.१ प्रतिशतको वृद्धि देखिएको छ। गत वर्ष सोही अवधिमा आयात ७ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ रहेको थियो।
आयात(निर्यात अनुपात पनि सुधार भएको छ। चालु आवको पहिलो ६ महिनामा अनुपात ८.३ः१ रहेको छ, जबकि अघिल्लो आवमा यो १०.२ः१ थियो।
राजस्व संकलनतर्फ पनि सुधार देखिएको छ। चालु आव पहिलो ६ महिनामा राजस्व १२.७ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ।