Logo

करदातालाई आन्तरिक राजस्व विभागको ताकेता : आयकर विवरण र पहिलो किस्ता पुष मसान्तभित्र बुझाउनु

करदातालाई आन्तरिक राजस्व विभागको ताकेता : आयकर विवरण र पहिलो किस्ता पुष मसान्तभित्र बुझाउनु



काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित कर विवरण र पहिलो किस्ता बापतको कर दाखिला गर्न पुस मसान्तसम्मको समयसीमा तोकेको छ।

विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आयकर विवरण पेश गर्नुपर्ने करदाताहरूले दफा ९५ अनुसार कारोबारको अनुमानित करको विवरण र पहिलो किस्ता तिर्ने व्यवस्था गर्न आग्रह गरेको हो।

अनुसार, चालू आर्थिक वर्षको अनुमानित आयकरको ४० प्रतिशत रकम पुस मसान्तभित्र ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा बुझाउन निर्देशन दिइएको छ।

विभागले समयमै विवरण र कर दाखिला गर्न सबै करदाताहरूलाई अपिल गर्दै सम्बन्धित कार्यालयहरूमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्