Logo

विदेशी मुद्रा सञ्चिति साढे २२ खर्बमाथि, १५.१ महिनाको आयात धान्ने

विदेशी मुद्रा सञ्चिति साढे २२ खर्बमाथि, १५.१ महिनाको आयात धान्ने



काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को कात्तिक मसान्तसम्म नेपालमा कुल विदेशी मुद्रा सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक बर्षको तुलनामा १०.५ प्रतिशतले बढ्दै यसपल्ट विदेशी मुद्रा संचितिले आगामी १८ महिनाको वस्तु र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जानकारी दिएको छ । केन्द्रिय बैंकले मासिक प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी डलरमा पनि विदेशी मुद्रा सञ्चिति ९.४ प्रतिशतले बढेर १६ अर्ब ७० करोड पुगेको जानकारी दिएको छ ।

नेपालमा भएको कुल विदेशी मुद्रा संचितिमध्ये नेपाल राष्ट्र बैंकसँगको सञ्चिति ८.६ प्रतिशतले बढेर २० खर्ब ८ अर्ब १५ करोडमा पुगेको छ भने बैंक तथा वित्तीय संस्थाहरूको सञ्चिति २८.४ प्रतिशतले बढेर २ खर्ब ४७ अर्ब २० करोड कायम भएको छ। कुल सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ। विदेशी विनिमय सञ्चितिको यो वृद्धि देशको आर्थिक स्थायित्वका लागि सकारात्मक मानिएको छ।

प्रतिक्रिया दिनुहोस्