Logo

विदेशी विनिमय संचिति हालसम्मकै उच्च, करिव १७ महिनाको आयात धान्न सक्ने

विदेशी विनिमय संचिति हालसम्मकै उच्च, करिव १७ महिनाको आयात धान्न सक्ने



काठमाडौं । विदेशी विनिमय संचिति हालसम्मकै उच्च पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको भदौ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय संचिति २१ खर्ब ५२ अर्ब पुगेको हो । यो गत आर्थिक बर्षको असार मसान्तको तुलनामा ५.५ प्रतिशतले बढी हो । २०८१ असार मसान्तमा नेपालको कुल विदेशी विनिमय संचिति २० खर्ब ४१ अर्ब १० करोड बराबर बराबर थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५.० प्रतिशतले वृद्धि भई १६ अर्ब ४ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१÷८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्