Logo

विश्व बैंकसँग १३ अर्ब २८ करोड सहुलियतपूर्ण ऋण लिने सम्झौता, स्थानीय सडकको स्तरोन्नती गरिने

विश्व बैंकसँग १३ अर्ब २८ करोड सहुलियतपूर्ण ऋण लिने सम्झौता, स्थानीय सडकको स्तरोन्नती गरिने



काठमाडौं । नेपालले विश्व बैंकबाट १० करोड अमेरिकी डलर (१३ अर्ब २८ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण कर्जा लिने भएको छ । सोमबार नेपाल सरकार र विश्व बैंकको अन्तरराष्ट्रिय विकास संघ (आइडीए)बीच उक्त कर्जा सम्झौता भएको हो ।

नेपालले विश्व बैंकबाट पाउने उक्त कर्जा नेपालको प्राथशिक तथा स्थानीय विकासका लागि खर्च गरिनेछ । यसले नेपालका प्रदेश र स्थानीय सरकारलाई एकआपसमा जोड्दै उनिहरुको क्षमता विकासमा सहयोग पुर्याउनेछ ।

कर्जाको उपयोग गर्दै प्रदेश तथा स्थानीय सडक सुधार कार्यक्रमको पहिलो फेजअन्र्गतक करिव ३ हजार किलोमिटर सडक तथा पुललाई सुधार गरिनेछ । जसले कर्णाली, सुदूरपश्चिम तथा मधेश प्रदेशका करिव १० लाख नागरिकलाई सहयोग पुग्नेछ ।

उक्त कर्जा सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव राम प्रसाद घिमिरे र विश्व बैंकको तर्फबाट नेपाल, माल्दीभ्स र श्रीलंकाका देशिय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL