Logo

एनसीएचएलको आरपीएसबाट हुने भुक्तानी ३८ प्रतिशतले बढ्याे, एकै बर्ष ५७ खर्बको कारोबार

एनसीएचएलको आरपीएसबाट हुने भुक्तानी ३८ प्रतिशतले बढ्याे, एकै बर्ष ५७ खर्बको कारोबार



काठमाडौं । गएको आर्थिक बर्ष २०८०/८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच (आरपीएस) मार्फत ५७ खर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत आवमा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको कारोबारमा क्रमशः४९% र ३८% ले वृद्धि भएको हो ।

हाल सबै कारोबारहरु विद्युतीय माध्यमबाट हुने र धेरै जसो सानो रकमका कारोबारहरु रियल टाइममा नै हुने भएकोले सबै जसो कारोबारहरु आरपीएसमार्फत सिधै अथवा राउटिङ र राफसाफको लागि प्रयोग हुने क्रम अत्याधिक बृद्धि हुँदै गएको छ ।

यस अन्तर्गत बैंक÷वित्तीय संस्थाका मोबाइल बैंकिङ, भुक्तानी सेवाप्रदायक हरुका वालेट, क्यापिटल मार्केट, इन्स्युरेन्स, रेमिट्यान्स, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरु तथा नेपाल सरकार समेतको सबै जस्तो कारोबारहरु प्रोसेस तथा क्लियरिङ आरपीएसबाट हुने व्यवस्था छ ।

उक्त निकायहरुलाई आरपीएसमा नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)मार्फत इन्टिग्रेट गरिएको छ । फण्ड ट्रान्स्फर, कुनै पनि प्रकारको बिल पेमेन्ट, क्यूआर भुक्तानी , नेपाल सरकारको विभिन्न कारोबारहरु जुनै च्यानलबाट गरिए पनि अन्तिममा आरपीएसबाट प्रोसेस हुने गरेको छ ।

एनसीएचएलका सञ्चालनमा रहेका च्यानल प्ल्याट्फर्महरु जस्तै बैंक÷वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्टआइपिएस, संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेटपे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरु समेत आरपीएसबाट नै प्रोसेसिङ हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL