Logo

नेपालका लागि आइएमएफको साढे ५ अर्ब ऋण सुविधा स्वीकृत

नेपालका लागि आइएमएफको साढे ५ अर्ब ऋण सुविधा स्वीकृत



काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालका लागि ४ करोड १३ लाख डलर (५ अर्ब ४९ करोड रुपैयाँ) बराबरको ऋण सुविधा स्वीकृत गरेको छ । कोषको बोर्ड बैठकले विस्तारित ऋण सुविधा (ईसीएफ)को अन्तिम किस्ताबापत नेपालका लागि उक्त रकम स्वीकृत गरेको हो ।

आर्थिक गतिविधिमा महामारी तथा विश्वव्यापी जोखिमको अवस्थालाई आन्तरिक रुपमा न्यूनीकरणका लागि नेपालले प्रभावकारी भूमिका निर्वाह गरिरहेको आइएमएफको बुझाई छ । चुनौतिपूर्ण राजनीतिक वातावरणका बाबजुद पनि कार्यक्रम कार्यान्वयनमा राम्रो प्रगति गरेको आईएमएफले जनाएको छ ।

आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई इसिएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो । जसमध्ये यसअघि नै तेस्रो किस्ता निकाशा भइसकेको छ भने अन्तिम अर्थात् चौँथो किस्ताबापत उपलब्ध गराउन बाँकी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL