Logo

११ महिनामा १३ खर्ब रेमिट्यान्स भित्रियो, एक महिनामै १ खर्ब २९ अर्ब थपियो

११ महिनामा १३ खर्ब रेमिट्यान्स भित्रियो, एक महिनामै १ खर्ब २९ अर्ब थपियो



काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा नेपालमा १३ खर्ब २७ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको जेठ मसान्तसम्म विभिन्न देशहरुबाट नेपालमा उक्त विप्रेषण भित्रिएको हो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।

यसरी हेर्दा नेपालमा जेठ महिनामा मात्रै १ खर्ब २९ अर्ब बढीको रेमिट्यान्स भित्रिएको छ । बैशाख मसान्तसम्म नेपालमा ११ खर्ब ९८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा जेठमा मात्रै उक्त रेमिट्यान्स थपिएको हो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२२,९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २६२,७०५ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४५९,४१५ र २६०,२६२ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL