Logo

कुन मन्त्रालयलाई कति बजेट ?, यस्तो छ बाँडफाँड

कुन मन्त्रालयलाई कति बजेट ?, यस्तो छ बाँडफाँड



काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट १८ खर्ब ६० अर्ब ३० करोडको छ । यसमध्ये सबैभन्दा बढी अर्थमन्त्रालयको भागमा गएको देखिन्छ । अर्थमन्त्री बर्षमान पुनले सार्वजनिक गरेको बजेटमा अर्थमन्त्रालयको भागमा सबैभन्दा बढी २ खर्ब २२ अर्ब बजेट छुट्याईएको देखिन्छ ।

यस्तै अर्काे धेरै बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छ। यो मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन भएको छ। यस्तै गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५० अर्ब र शहरी विकास मन्त्रालयलाई ९२ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
कुन मन्त्रालयलाई कति विनियोजन यस्तो छ सूची ।

  • अर्थ मन्त्रालय २ खर्ब २२ अर्ब
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालय ५७ अर्ब २९ करोड
  • वन तथा वातावरण मन्त्रालय १५ अर्ब ७० करोड
  • खानेपानी मन्त्रालय २६ अर्व ६३ करोड
  • शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय २ खर्ब ३ अर्ब ६६ करोड
  • स्वास्थ्य जनसंख्या मन्त्रालय ८६ अर्ब २४ करोड
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ७ अर्ब ३५ करोड
  • उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ९ अर्ब २८ करोड
  • जलस्रोत तथा सिंचाइ मन्त्रालय ३६ अर्ब ८१ करोड
  • संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय ११ अर्ब ९१ करोड
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ८ अर्ब १० करोड
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ६ अर्ब ८२ करोड
  • युवा तथा खेलकुद मन्त्रालय ३ अर्ब ५० करोड
  • महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय १ अर्ब ६० करोड
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय १ खर्ब ५० अर्ब ५३ करोड
  • सहरी विकास मन्त्रालय ९२ अर्ब ६३ करोड
  • रक्षा मन्त्रालयको ५९ अर्ब ८७ करोड
  • गृह मन्त्रालयको १ खर्ब ९९ करोड
  • परराष्ट्र मन्त्रालय ६ अर्ब ७७ करोड
  • ऊर्जा मन्त्रालय ५० अर्ब ७४ करोड
  • संघीय मामिला तथा साामन्य प्रशासन मन्त्रालय ९ अर्ब १७ करोड

प्रतिक्रिया दिनुहोस्
MBL