Logo

बजेटबारे अर्थ मन्त्रालयमा छलफल सुरु, अन्तिम रुप दिईँदै

बजेटबारे अर्थ मन्त्रालयमा छलफल सुरु, अन्तिम रुप दिईँदै



काठमाडौं । मंगलबार सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेट मस्यौदाका बिषयमा अर्थमन्त्रालयमा छलफल सुरु भएको छ । आव २०८१÷८२ को बजेटलाई अन्तिम रुप दिनका लागि अर्थमन्त्री बर्षमान पुनसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ, अर्थसचिव मधु मरासिनी र राजस्व सचिव रामप्रसाद घिमिरे तथा बजेट लेखन टोलीका सदस्यसहितको छलफल सुरु भएको हो ।

बजेट लेखन टोलीका सदस्यमा अर्थ मन्त्रालयका सहसहसचिवहरू धनिराम शर्मा, रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य र ईश्वरी अर्याल तथा आन्तरिक राजस्व कार्यालयका उपमहानिर्देशक पार्वती शर्मा छन् ।

आगामी आवको बजेट भोली मंगलबार संघीय संसदको संयुक्त सदनमा अर्थमन्त्री बर्षमान पुनले सार्वजनिक गर्ने कार्यक्रम छ । गत फागुन पहिलो हप्ता राष्ट्रिय योजना आयोगले आगामी आवका लागि भन्दै १८ खर्ब रुपैयाँको बजेट सिलिङ दिएको थियो ।

तर, प्रधानमन्त्री र अर्थमन्त्रीको दवाव र विभिन्न मन्त्रालयहरुको मागअनुसार बजेटको आकार बढ्ने निश्चितप्राय भएको छ । मध्यमकालिन खर्च संरचनाले आगामी आवका लागि १९ खर्ब ४९ अर्ब बराबरको बजेट ल्याउन सकिने सीमा तोकिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL