Logo

४४ सार्वजनिक संस्थानमध्ये २६ नाफामा, ३ संस्थानको कारोबार शुन्य

४४ सार्वजनिक संस्थानमध्ये २६ नाफामा, ३ संस्थानको कारोबार शुन्य



काठमाडौं । नेपालमा संचालिन सार्वजनिक संस्थानमध्ये २६ सार्वजनिक संस्थानमात्रै नाफमा संचालन भईरहेको पाईएको छ । अर्थ मन्त्रालयले आईतबार सार्वजनिक गरेको गत आवको आर्थिक सर्वेक्षणअनुसार नेपालमा संचालित ४४ सार्वजनिक संस्थामध्ये जम्मा २६ संस्थामात्रै नाफामा रहेको देखिएको हो ।

जसमा नेपाल आयल निगम, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण मुख्य छ । यस्तै नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष पनि नाफामा रहेको देखिन्छ ।

यी कम्पनीहरुकै कारण संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६१ अर्ब १ करोड रहेको देखिन्छ ।

गत आर्थिक बर्ष अघिल्लो आवको तुलनामा सार्वजनिक संस्थानहरूको खुद नाफा समेत वृद्धि भएको छ । यस आवमा संस्थानहरूको खुद नाफा ४८ अर्ब ५१ करोड पुगेको देखिएको छ ।

सार्वजनिक संस्थानहरूको सञ्चित नाफा ६१ अर्ब १४ करोड पुगेको छ । बढी नोक्सानी बेहोर्ने संस्थानमा भने नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट र नेपाल टेलिभिजन रहेका छन् । यसरी १५ सार्वज्निक संस्थानहरु भने घाटामा संचालन भईरहेको सर्वेक्षणमा उल्लेख छ । यस्तै सार्वजनिक संस्थानमध्ये ३ संस्थानको कारोबार भने शुन्य रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL