Logo

विश्व बैंकको साढे २६ अर्ब वित्तीय सहयोग स्वीकृत, नेपालका स्थानीय सडकको स्तरोन्नती गरिँदै

विश्व बैंकको साढे २६ अर्ब वित्तीय सहयोग स्वीकृत, नेपालका स्थानीय सडकको स्तरोन्नती गरिँदै



काठमाडौं । विश्व बैंकले नेपालका दुई परियोजना २ सय मिलियन डलर (२६ अर्ब ५६ करोड) रुपैयाँ बराबर वित्तीय सहयोग गर्ने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशकले बिहीबार नेपालमा हरित, लचिलो र समावेशी विकास (ग्रिड) परियोजनालाई समर्थन गर्नका लागि उक्त सहयोग स्वीकृत गरेको हो । यसमार्फत नेपालका स्थानीय सडकहरुको विकास र स्तरोन्नती गरिनेछ ।

नेपालको ग्रिड परियोजनालाई समर्थन गर्नका लागि नयाँ परियोजनामार्फत उक्त लगानी स्वीकृत गरिएको माल्दीभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशिय निर्देशक फरिस हदाद जर्भसले बताए । उनका अनुसार यसमार्फत नेपालका स्थानीय सडक संजालहरुको स्तरोन्नती गर्दै स्थानीयलाई पूर्वाधारमा सहज पहुँच पुर्याईनेछ ।

जसमध्ये १ सय मिलियन डलरलाई राजस्व संकलन मजबुत बनाउन र नेपालको ऋण व्यवस्थापनमा सहयोग गर्न प्रयोग गरिनेछ । यसले नेपालमा जलवायु प्रतिरोधी पूर्वाधार निर्माणमा पनि सहयोग पुग्ने बताईएको छ । यस्तै अर्काे १ सय मिलियन डलरले भने स्थानीय सडकको स्तरोन्नतीमा सहयोग पुर्याउनेछ । यो सहयोगको ३ फेजअन्तर्गत पहिलो फेजमा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय सडकहरुमा यो लागू गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL