Logo

निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी हुने, अर्थ मन्त्रालयले गर्याे सम्बन्धित निकायमा परिपत्र

निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी हुने, अर्थ मन्त्रालयले गर्याे सम्बन्धित निकायमा परिपत्र



काठमाडौं । गत वर्ष दायित्व सिर्जना भइ भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ भुक्तानी हुने भएको छ । निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरुमा परिपत्र गरिसकेको छ ।

उक्त भुक्तानी दशैं अघिनै निर्माण व्यवसायीका खातामा जानेगरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । यसअघि निर्माण व्यवसायीहरुले आफुले पाउनुपर्ने भुक्तानी नै नपाएको भन्दै आन्दोलनसमेत गर्ने अवस्थामा पुगेका थिए ।

यता दशैं नजिकिँदै गर्दा पनि सरकारले निर्माण व्यवसायीको रकम निकासा नगरिदिँदा सरकारकोसमेत आलोचना सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्