Logo

१० देखि ११ प्रतिशत ब्याजदर हाम्रो अर्थतन्त्र सुहाउँदो ब्याजदर हो : डेपुटी गर्भनर मिश्र

१० देखि ११ प्रतिशत ब्याजदर हाम्रो अर्थतन्त्र सुहाउँदो ब्याजदर हो : डेपुटी गर्भनर मिश्र



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रले नेपालको अहिलेको अर्थतन्त्रको अवस्था अनुसार ब्याजदर धेरै नभएको जानकारी दिएका छन । बिहीबार उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस कार्यक्रममा बोल्दै उनले अहिले नेपालको अर्थतन्त्र अनुसार १० देखी ११ प्रतिशतसम्म ब्याजदर हुनु देशको अर्थतन्त्रलाई सुहाउँदो ब्याजदर भएको बताएका हुन ।

मिश्रले बैंकको ब्याजदर १० देखी ११ प्रतिशतको हाराहारीमा रहँदा निजी क्षेत्रले पनि यसलाई स्वीकार गर्नुपर्ने जानकारी दिएका छन । उनले उक्त कार्यक्रममा बोल्दै राष्ट्र बैंक निजी क्षेत्रको बिरोधी नभएको पनि जानकारी दिएका छन । उनले देशको अर्थतन्त्र सुधार गर्नको लागि राष्ट्र बैंकले आयातमा कडाई लगायतका नीतिहरु लिएको बताए ।

‘नेपाल राष्ट्र बैंकको कसिलो नीतिको कारण आयात लगायतको क्षेत्रमा कन्ट्रोल गरियो ।’ उनी भन्छन, ‘फलस्वरुप अहिले देशको बाह्यि क्षेत्रको दवाव सन्तुलनमा आएको छ र अहिले देशमा भएको सञ्चितिले १० महिनाको सेवा तथा बस्तू आयात धान्न सक्ने अवस्था बनेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL