Logo

४३ सदस्यीय नेपाल उद्योग तथा व्यवसायी मधेश प्रदेश गठन, अध्यक्षमा सरोज यादव

४३ सदस्यीय नेपाल उद्योग तथा व्यवसायी मधेश प्रदेश गठन, अध्यक्षमा सरोज यादव



मधेश । नेपाल उद्याग तथा व्यवसायी महासंघको मधेश प्रदेश गठन भएको छ । महासंघका अध्यक्ष माननीय एलपी सावाँ लिुम्बुको प्रमुख आतिथ्यतामा महासंघ मधेश प्रदेश गठन भएको हो ।

महासंघ मधेश प्रदेशको हिजो भएको भेलाले सरोज कुमार यादवको नेतृत्वमा ४३ सदस्यीय कमिटि गठन गरेको हो । उक्त कमिटिमा २ जना उपाध्यक्ष, १ सचिव, ५ जना उपसचिव, कोषाध्यक्ष र सहकोषध्यक्ष रहेका छन् । यसैगरी सो कमिटिमा ३२ जना सदस्य रहेका छन् ।

सो भेलामा नेपाल एमाले मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले विशेष अतिथि तथा प्रमुख वक्ताको रुपमा अबका दिनमा उद्यागी व्यवसायीको समस्या समाधानका लागि महासंघ मधेश प्रदेशले सारथीको भुमिका निर्वाह गर्नुपर्ने बताएका थिए । साथै अहिले सरकारले उद्योगी व्यवसायीको समस्या समाधान गर्न तत्परता नदेखाएको भन्दै महासंघले घच्घच्याउनुपर्ने बताए ।

सो कार्यक्रममा महासंघका महासचिव भगिरथ सापकोटा, उपमहासचिव सुवर्ण श्रेष्ठ, महासंघ सविच एवं मधेश प्रदेश इन्चार्ज केदार वस्नेत लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL