Logo

लुम्बिनी प्रदेशको बजेट ४० अर्ब ४७ करोडको, आन्तरिक राजस्वबाट ६ अर्ब उठाउने

लुम्बिनी प्रदेशको बजेट ४० अर्ब ४७ करोडको, आन्तरिक राजस्वबाट ६ अर्ब उठाउने



काठमाडौं । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशको प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले बजेट पेश गरेका हुन् ।

प्रदेशले बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.८७ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार अर्थात ५७.४५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तिय हस्तान्तरणमार्फत ३ अर्ब ५८ करोड ९७ लाख अर्थात ८.८७ प्रशितत विनियोजन गरेको छ ।
यस्तै आम्दानीतर्फ प्रदेशले आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख उठाउने लक्ष्य लिएको छ ।

संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख प्राप्त भएको छ भने रोयल्टी ३९ करोड छ । स्थानीय तहबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने २ अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपुरक अनुदानबाट ८४ करोड र विशेष अनुदानबाट ५६ करोड प्राप्त हुनेछ ।

चालु आबको मौज्दात ३ अर्ब तथा अन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान गरेको आर्थिक मामिलामन्त्री मास्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL