Logo

नेपाल आर्थिक संघ र अर्थ मन्त्रीबीच भेट, आर्थिक क्षेत्रको अनुसन्धान गरेर बजेट ल्याउन आग्रह

नेपाल आर्थिक संघ र अर्थ मन्त्रीबीच भेट, आर्थिक क्षेत्रको अनुसन्धान गरेर बजेट ल्याउन आग्रह



काठमाडौं । नेपाल आर्थिक संघले अर्थमन्त्रीसमक्ष आर्थिक बिषयमा अनुसन्धान गरेर मात्रै आगामी आर्थिक बर्षको बजेट बनाउन आग्रह गरेको छ । सोमबार संघका वरिष्ठ उपाध्यक्ष डा. भवानी प्रसाद ढुंगानाको नेतृत्त्वमा गएको टोलीले अर्थ मन्त्री डा. प्रकाश शरण महतसमक्ष उक्त आग्रह गरेको हो । अगामी आर्थीक बर्ष २०८०/८१ को बजेट ल्याउन लागेको सन्दर्भमा, अनुसन्धानमा आधारित विषय वस्तुहरूलाई हृदयंगम गर्दै जनतालाई आशा जाग्ने किसिमले बजेट ल्याउनुपर्ने कुरामा जोड़ दिएका थिए ।

अर्थ मन्त्री डा महतले नेपाल आर्थिक संघ देशको एक मात्र अर्थशास्त्री हरूको सङ्गठन भएकोले सहकार्य गर्न तयार रहेको बताएका थिए । आर्थिक विषयमा जस्तै कृषि, रोजगारी बढाउन, उत्पादन बढाउन, पूँजीगत खर्च बढाउन, साथै अन्य विषयमा अनुसन्धान गरेर अगाडि बढ्न सक्दा धेरै उपयोगी हुने कुरा उनले बताए ।

उक्त अवसरमा उपाध्यक्ष प्राडा. गोबिन्द नेपालले अगामी दिनमा आर्थिक क्षेत्रमा अनुसंधान जारी राख्ने कुरा बताए । यस्तै नेपाल आर्थिक संघका महासचिव डा गोपाल प्रसाद तिवारीले देशमा बिभिन्न जल्दा बल्दा आर्थिक विषयहरुमा नेपाल आर्थिक संघसँग सहकार्य गर्दा त्यो पनि अनुसन्धानमा आधारित, सरकारलाई उयोगी बजेट आउन सक्ने बताए । अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा पोश राज पांडेले नेपाल आर्थिक संघ सँग सरकार पहिलेदेखिनै निति विश्लेषण तथा कार्यक्रम आयोजना गर्ने कार्य मा लागिपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL