Logo

ऋण लिएर तिर्दिन भन्नु अराजकता हो : गभर्नर अधिकारी

ऋण लिएर तिर्दिन भन्नु अराजकता हो : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिएर तिर्दिन भन्नु अराजकता भएको बताएका छन् । राष्ट्र बैंकले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिन भन्नुजस्तो अराजकता अरु नभएको बताएका हुन् ।

‘सकेसम्म बैंक वित्तीय क्षेत्रमा अराजक तत्वहरु अघि बढ्न दिनुहुँदैन,’ उनले भने, ‘ऋण लिएर तिर्दिन भन्नु कहाँसम्मको अराजकता हो ?’ उनले पत्रकार सम्मेलनमा पछिल्लो समय अर्थतन्त्रका सुचकहरुमा सुधार हुँदै गएको बताएका छन् । यस्तै उनले पछिल्लो समय नेपाली बैंक तथा वित्तीय संस्थाहरु खतरामुक्त रहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL