Logo

बजेट मस्यौदा लेखन समिति गठन्, को को छन् समितिमा ?

बजेट मस्यौदा लेखन समिति गठन्, को को छन् समितिमा ?



काठमाडौं । आगामी आर्थिक बर्ष २०८०/८१ को बजेटको मस्यौदा लेखन समिति गठन गरिएको छ । अर्थ मन्त्रालयले सहसचिव भुपाल बरालको नेतृत्वमा उनीलगायत ६ सहसचिवहरु सम्मिलित बजेट मस्यौदा लेखन समिति गठन गरेको हो ।

समितिमा सहसचिवहरु उत्तर बहादुर खत्री, धनीराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा रहेको मन्त्रालयले जानकारी दिएको छ । केहि ढिलो गरि नियुक्त भएका अर्थमन्त्री डा. महत बजेटको तयारीका लागि हतारिएका थिए ।

सोही अनुसार अर्थमन्त्री नियुक्त भएको केहि दिनमै मन्त्रिपरिषदस्तरको निर्णयबाटै बजेट मस्यौदा लेखन समिति गठन गरिएको अर्थमन्त्रालयका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्