Logo

झन कमजोर बन्दै नेपाली मुद्रा, डलरको मूल्य हालसम्मकै उच्च १२८.११ रुपैयाँमा कारोबार

झन कमजोर बन्दै नेपाली मुद्रा, डलरको मूल्य हालसम्मकै उच्च १२८.११ रुपैयाँमा कारोबार



काठमाडौं । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा नेपाली मुद्रा दैनिकजसो कमजोर बन्दै गएको छ । शुक्रबार अमेरीकी डलर हालसम्मकै उच्च विन्दुमा कारोवार भईरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १ सय २७ रुपैयाँ ५१ पैशा र बिक्रीदर १ सय २८ रुपैयाँ ११ पैसामा कारोवार भईरहेको छ । केहि समययता अमेरिकी डलरको माग बढेसँगै यसको मुल्यले पनि उकालो यात्रा तय गरेको हो।

डलरको मूल्य बढ्दा विश्वबजारमा पर्यटन आय बढ्ने, निर्यात व्यापार फस्टाउने, विप्रेषण आय बढ्ने जस्ता फाईदा हुने गरेका छन । यसका साथै यसले आयात बढाउने, महंगी बढाउने, विदेशमा गएर पढ्ने विद्यार्थीको खर्च बढाउने, विदेशी ऋणको भार थपिने जस्ता बेफाईदा पनि रहेका छन ।

नेपाली मुद्रा लगातार कमजोर बनिरहँदा नेपालजस्तै आयातमुखी अर्थतन्त्र भएका देशहरुमा वैदेशिक मुद्रा संचितिमा चाप पर्ने देखिन्छ । कम परिमाणमा वस्तु आयात गरी बढी मूल्य तिर्नुपर्दा राज्यसँग भएको वैदेशिक मुद्रा घट्दै जाने बिषयविज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL