Logo

राष्ट्रिय उद्योग व्यवसाय महासंघको माग–सातै प्रदेशमा कम्पनी रजिस्टार कार्यालय, उद्योगका लागि एकल अंकको व्याजदर

राष्ट्रिय उद्योग व्यवसाय महासंघको माग–सातै प्रदेशमा कम्पनी रजिस्टार कार्यालय, उद्योगका लागि एकल अंकको व्याजदर



काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले सात ओटै प्रदेशमा तत्काल कम्पनी रजिष्टारको कार्यालय स्थापना गर्नुपर्ने माग अघि सारेको छ । सरकारले देशमा औद्योगिकरणको नीति लिईरहँदा उद्योग व्यवसाय दर्ता तथा नविकरणका लागि केन्द्रमै धाउनुपर्ने बाध्यताले गर्दा समस्या उत्पन्न भएको भन्दै सातओटै प्रदेशमा कम्पनी रजिष्टारको कार्यालय स्थापना हुनुपर्ने माग अघि सारेका छन् । ‘तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा सातओटै प्रदेशमा कम्पनी रजिष्टारको कार्यालय स्थापना गर्ने निर्णय भएको थियो तर हालसम्म प्रदेश नम्बर १ मा मात्र उक्त कार्यालय स्थापना भएको छ,’ कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीहरुले भने, ‘यदि देशमा उद्योग कलकारखाना स्थापना गरी रोजगारी सिजर्नाका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने हो भने सरकारले तत्काल उद्योगी व्यवसायीको समस्या समाधान गर्नुपर्छ ।’

महासंघको २ दिनसम्म चलेको बैंठकले स्वदेशी उद्योग व्यवसायलाई प्रवद्र्धन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउन त्यस्ता क्षेत्रमा प्रवाह गरिने कर्जाको ब्याजदर एकल अंकलमा हुनुपर्ने बताएका छन् । पछिल्लो समय बैंकहरुले एउटा म्यासेजको भरमा हप्तैपिच्छे कर्जाको ब्याज बढाएको भन्दै यस विषयमा नेतृत्वले पहल कदमी लिनुपर्ने बताएका थिए । अहिलेको सरकार स्वार्थ केन्द्रित हुँदा उद्योगी व्यवसायीहरुको समस्या ओझेलमा परेको समेत उनीहरुको आरोप थियो ।

कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीहरुले पछिल्लो समय उद्योग व्यवसायका लागि सस्तो मुल्यमा विद्युत उपलब्ध गराउन समेत माग गरेका छन् । अहिले सरकारले नेपाली उद्योगका लागि महङ्गोमा विद्युत दिने र भारतमा प्रतियुनिट साढे ४ रुपैयाँमा मात्रै निकासी गर्न लागेको भन्दै सोही मुल्यमा नेपाली उद्योग व्यवसायका लागि समेत विद्युत उपलब्ध गराउनमा माग गरेका छन् । साथै पछिल्लो समय भारतीय नाकाबाट चोरी पैठारीबाट सस्तो र न्यून गुणस्तका माल सामान आउँदा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको भन्दै त्यसतर्फ समेत सरकार सचेत भएर समयमै रोकथाम गर्नुपर्ने बताएका छन् । दुई दिनसम्म चलेको महासंघको उक्त बैंठकमा देशभरमा ५ सयभन्दा बढी उद्योगी व्यवसायीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL