Logo

गरिब मुलुकका लागि विश्व बैंकले खडा गर्याे ९३ अर्ब डलरको कोष, सबैभन्दा बढि अफ्रिकामा प्रवाह हुने

गरिब मुलुकका लागि विश्व बैंकले खडा गर्याे ९३ अर्ब डलरको कोष, सबैभन्दा बढि अफ्रिकामा प्रवाह हुने



काठमाडौं । विश्व बैंक अन्तर्गतको अन्तरराष्ट्रिय विकास संघ (आइडीए)ले गरिव मुलुकहरुका लागि भन्दै ९३ अर्ब डलर बराबरको पुनरुत्थान कोष खडा गरेको छ । संघले कोरोना महामारीले तहसनहस पारेको अर्थतन्त्र पुनः लयमा फर्काउन, लचिलो बनाउन, हरियालीलाई जोगाउन र गरिव देशहरुको भविष्य निर्माण गर्न उक्त कोष खडा गरेको हो ।

उक्त कोषमार्फत तत्काल अतिकम र मध्यम आय भएका ४८ देशलाई एकैचोटी पूँजीबजार, पुनर्भुक्तानी र विश्व बैंक स्वयंबाट गरेर २३ अर्ब ५० करोड डलर योगदान गरिने छ ।

उक्त कोषको जापानले आयोजना गरेको २ दिने बैठकमा घोषणा गरिएको हो । जापान उक्त कोषका लागि आवश्यक रकमको सबैभन्दा ठुलो दाता हो । आईडीएको ईतीहासमा यो हालसम्मकै ठुलो दान पनि हो । दाताले दिएको १ डलर बराबर ४ डलर आईडीएले विश्वका गरिव मुलुकहरुमा प्रवाह गर्ने गरेको छ ।

उक्त कोष विश्वका ७४ अति गरिब मुलुकहरुका लागि प्रयोग हुनेछ । आइडीएको २० औं पुनरुत्थान प्याकेजमार्फत गरिव देशमा कोरोनापछिको अर्थतन्त्र उकास्नका लागि उक्त कोषमार्फत रकम उपलब्ध गराईने भएको हो ।

केहि गरिव राष्ट्रहरुमा कोरोनाकै कारण सरकारी राजश्वमा गिरावट आउनुका लागि अर्थतन्त्रका प्राय सबै सूचकहरु ओरालो लागिरहेको अवस्था छ । यो कोषले गरिव राष्ट्रहरुका यस्ता समस्यालाई समाधान गर्ने बताईएको छ ।

आइडीएको उक्त कोषमार्फतको सबैभन्दा बढि रकम भने अफ्रिकाले पाउने बताईएको छ । उक्त कोषमार्फतको ७० प्रतिशत बढि रकम अफ्रिकाका विभिन्न देशमा परिचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL