Logo

राजस्व र भन्सारलाई ‘होम ग्रोन ट्रेन्ड’मा लगिने राजस्व सचिव कर्णको उद्घोष, तत्काल सार्वजनिक संस्थानको योजना पेश गर्न मन्त्रीको निर्देशन

राजस्व र भन्सारलाई ‘होम ग्रोन ट्रेन्ड’मा लगिने राजस्व सचिव कर्णको उद्घोष, तत्काल सार्वजनिक संस्थानको योजना पेश गर्न मन्त्रीको निर्देशन



काठमाडौं । नवनियुक्त राजस्व सचिव कृष्णहरि पुष्करा कर्णले राजस्व तथा भन्सार प्रणालीलाई ‘होम ग्रोन ट्रेण्ड’मा आधारित भएका अघि बढाईने बताए । पछिल्लो समय नेपालको राजस्व तथा भन्सार प्रणाली ‘इम्पोर्टेड ट्रेन्ड’ मा आधारित रहेको भन्दै त्यसलाई चिर्दै होम ग्रोन ट्रेण्डमा अघि बढाइने बताएका हुन् ।

नवनियुक्त सचिवहरुको स्वागत कार्यक्रममा उनले यूरोक्रेसीमा अनुभवी व्यक्ति धेरै रहेको तर ‘पर्फमर’ कम देखिएको स्वीकार गर्दै देशभर रहेका अन्य सरकारी कार्यालयहरुले समेत स्वामित्व महसुस गर्ने गरी राजस्व तथा भन्सार प्रणालीलाई अघि बढाएर प्रतिवद्धता व्यक्त गरेका थिए । साथै करदातामैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिने समेतथ उनले बताए ।

स्वागत कार्यक्रममा नवनियुक्त महालेखा नियन्त्रक सुमनराज अर्यालले नीतिगत सुधार व्यावसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर महालेखाको कार्यप्रणालीलाई थप सुदृढ गर्ने प्रतिवद्धता जनाएका थिए । उनले सरकारी खर्च प्रणालीमा वित्तीय अनुशासनको पक्ष महत्वपूर्ण रहेकोमा जोड दिँदै त्यसको लागि आफ्नो तर्फबाट सक्दो योगदान हुने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी नवनियुक्त सचिवहरुलाई स्वागत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय अन्तरगतका तीन जना सचिवहरुको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट सम्पादन गर्न निर्देशन दिएका छन् । वित्त व्यवस्थापन (मूलतः अर्थोपार्जन), त्यसको समूचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका सचिवहरुबाट आ–आफ्नो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने उनको विश्वास थियो । मन्त्री शर्माले यसअघि आफूले राजस्व वृद्धि, भन्सार, सावजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा आफूले माग गरेका योजनाहरु यथाशक्य चाँडो पेश गर्न समेत निर्देशन दिएका थिए ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकहरुमा सकारात्मक परिणाम दिन सके मात्र आफूहरुले काम गरेको ठहर्ने भएकोले सोही अनुसार खटिनुपर्नेमा जोड दिएका थिए । उनले राजस्व वृद्धि, पुँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनैपर्ने आवश्यकता औंल्याउदै सचिव मरासिनीले संविधानको भावना र वर्तमान सरकारको भिजन अनुसार समाजवादी अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी आफूहरुमा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL