Logo

सार्क चेम्बर र प्रधानमन्त्री देउवाबीच भेट, सार्क चेम्बरलाई चलायमान बनाएर व्यापार प्रवद्र्धन गर्न माग

सार्क चेम्बर र प्रधानमन्त्री देउवाबीच भेट, सार्क चेम्बरलाई चलायमान बनाएर व्यापार प्रवद्र्धन गर्न माग



काठमाडौं । सार्क चेम्बर अफ कमर्सका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको छ । सार्क चेम्बरका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा गएको प्रतिनिधिमिण्डलले प्रधानमन्त्री देउवालाई भेट गरी हाल निस्क्रिय अवस्थामा रहेको सार्क चेम्बर अफ कमर्सलाई चलायमान बनाउन माग गरेको छ ।

सार्क राष्ट्रहरुबीच व्यापार प्रवद्र्धनका राम्रो भुमिका निर्वाह गर्दै आएको सार्क चेम्बर पछिल्लो समय नविकरण समेत हुन नसकेर निष्क्रिय अवस्थामा रहेको भन्दै यसलाई आगामी दिनमा बस्ने मिनिस्टर काउन्सिलको बैंठकबाट नविकरण गरिदिनुपर्ने उपाध्यक्ष ढकालले बताए । ‘सार्क चेम्बरमार्फत नेपालले धेरै फाइदा लिन सक्थ्यो भने केही फाइदा लिन सुरुवात गरिसकेको थियो,’ प्रधानमन्त्री देउवासँगको भेटमा उनले भने, ‘आगामी दिनमा यसलाई चलायमान बनाएर नेपालका ह्याण्डिक्राफ्ट प्रोडक्ट, हाई भ्यालु हुने उत्पादनहरु निर्यात तथा सार्क राष्ट्रमा हुने मेलाहरुलाई नेपालको उच्च सहभागिता गराउनु पर्छ ।’ साथै उनले सार्क राष्ट्रहरुबीच फुड बैंक संचालनदेखि स्वदेशी उत्पादनहरुको लागि बजारिकरण गर्न मेला स्थल राख्नुपर्ने, मेडिकल काउन्सिल, स्पोर्ट काउन्सिललाई चलायमान बनाउन माग गरेका थिए ।

यसैगरी भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सार्क चेम्बर अफ कमर्स व्यापार व्यवसाय विस्तारको लागि राम्रो प्लेटफर्म बनेको र यसलाई चलायमान बनाउन सकिएको खण्डमा नेपालले राम्रो फाइदा लिन सक्ने बताए । ‘अहिले सार्कको पूर्वाधा विकास राम्रो भएको छ,’ उनले भने, ‘साथै आगामी दिनमा यसलाई चलायमान बनाए निजी क्षेत्रको प्रवद्र्धनको लागि सार्क चेम्बरले खेल्ने भुमिका अझै सशक्त बनाउनु पर्छ ।’

भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट मन्त्री नियुक्त भएपछि यस विषयमा विस्तृतमा छलफल गरेर अघि बढ्ने आश्वासन दिएका थिए । उक्त भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष एवं सार्क चेम्बरमा कार्यसमिति सदस्य चन्द्रप्रसाद ढकाल, महासंघका पूर्व उपाध्यक्ष एवं सार्क चेम्बरका कार्यसमिति सदस्य उमेशलाल श्रेष्ठ, महासंघका स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकाल, महासंघकै द्धिराष्ट्रिय तथा एनआरएन फोरमका सभापति देशबन्भु बस्नेत (अजित), ऊर्जा समितिका सहसभापति शैलेन्द्र गुरागाईँ, महासंघ कार्यसमिति सदस्य ज्योत्सना श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL