Logo

नवनियुक्त अर्थमन्त्री शर्मा श्वेतपत्र जारी गर्दै, चालु आवको बजेटमाथी छलफल गरिने

नवनियुक्त अर्थमन्त्री शर्मा श्वेतपत्र जारी गर्दै, चालु आवको बजेटमाथी छलफल गरिने



काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आर्थिक परिदृष्यलाई समेटेर श्वेतपत्र जारी गर्ने बताएका छन् । शुक्रबार अर्थमन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले पछिल्लो समय बिषम बन्दै गएको अर्थतन्त्रको अध्ययन गरेर श्वेतपत्र जारी गर्ने बताएका हुन् ।

उनले जारी गर्न लागिएको श्वेतपत्रमा अर्थमन्त्रालयको नीति, सरकारी नीति, अर्थतन्त्रका सुचकांकले देखाएको स्थितिलगायत समेट्ने बताएका हुन् । यसका लागि पहिलो चरणमा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आवका लागि ल्याएको बजेटमाथी छलफल गरिने उनको भनाई छ । ‘म अहिलेको पछिल्लो अवस्थाको अर्थतन्त्रबारे अध्ययन गर्दैछु, धेरै कुरा मलाई जानकारीसम्म छैन,’ उनले भने, ‘अब यी सबै विषयलाई समेटेर श्वेतपत्र छिट्टै जारी गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्