Logo

चेम्बरले भन्यो–सबै कागजात अफिसमा छ अनलाईबाट कर र विवरण बुझाउन सक्दैनौं

चेम्बरले भन्यो–सबै कागजात अफिसमा छ अनलाईबाट कर र विवरण बुझाउन सक्दैनौं



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कर विवरण तथा कर दाखिला गर्ने समय थप गर्न माग गरेको छ । विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड—१९ महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको र जसका कारण उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेकोे भन्दै म्याद थप गर्न मा गरेको हो ।

हाल कोरोना पछिको लकडाउनका कारण व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था नरहेको र सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएको चेम्बरको भनाई छ । सबै कागजात अफिसमै भएको र अनलाईनमार्फत गर्न नसकिने भन्दै चेम्बरले आवश्यक म्याद थप गरिदिन सरकार समक्ष आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL