Logo

कोरोना कहरबीच बढ्यो नेपालीको आम्दानी, प्रतिव्यक्ति आम्दानी ११९१ डलर पुग्यो

कोरोना कहरबीच बढ्यो नेपालीको आम्दानी, प्रतिव्यक्ति आम्दानी ११९१ डलर पुग्यो



काठमाडौं । कोरोना कहरकाबीच नेपालीको आम्दानी बढ्न पुगेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण जनजीवन अस्तव्यस्त भैरहेको बेला केन्द्रिय तथ्याङ्क विभागले भने नेपालीको प्रतिव्यक्ति आम्दानी वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।

विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर ११९१ अमेरिकी डलर पुगेको छ । यो गत बर्षको तुलानमा ६५ डलरले बढेको हो । गत बर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी ११२६ अमेरिकी डलर मात्रै रहेको थियो ।
यसैगरी प्रतिव्यक्ति आम्दानी राष्ट्रिय उत्पादनको आधारमा भने ११९६ अमेरिकी डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL