काठमाडौं । पेरिस ओलम्पिकमा कोका कोलाको सहभागितालाई लिएर विवाद बढ्दै गएको छ । कोका–कोलाको प्लास्टिकका बोतलका कारण पहिलेदेखि नै आलोचना भइरहेको थियो, अब दुई जना स्वास्थ्य विज्ञले कम्पनीको ओलम्पिकसँगको स्वास्थ्य सम्बन्धमा प्रश्न उठाएका छन् ।
स्वास्थ्य विज्ञहरूले अमेरिकी कम्पनी कोका कोलाले प्रायोजन सम्झौताहरूमा धेरै तिरेर र स्वास्थ्यका लागि हानिकारक चिनीयुक्त पेयहरूको बजार सिर्जना गरेर ‘स्पोर्टवास’ गरेको बताएका छन् । यद्यपि, अन्तर्राष्ट्रिय ओलम्पिक समितिले कोका–कोलासँगको साझेदारीमा ‘अतुलनीय रूपमा गर्व’ भएको बताएको छ । समितिले यो कम्पनीले सुगर फ्री पेय पदार्थ पनि बनाउने गरेको उल्लेख गरेको छ ।
स्वास्थ्य विशेषज्ञहरूको माग अघि नै, वातावरणीय कार्यकर्ताहरूले पेरिस ओलम्पिकमा प्लास्टिकका बोतलहरू प्रशस्त भएकोमा कोका–कोलाको आलोचना गरेका छन् । फ्रान्सेली राजधानी कोका कोलाको विज्ञापनहरूले भरिएको छ । कोका–कोला सन् १९२८ देखि ओलम्पिकको प्रायोजक रहेको छ ।
हानिकारक पेय
स्वास्थ्य विशेषज्ञहरूले कोका–कोलाको चिनीयुक्त पेयहरूले थोरै वा कुनै पोषण प्रदान नगर्ने आरोप लगाए । ग्लोबल हेल्थ ग्रुप भाइटल स्ट्राटेजिजका ट्रिस कोटर र सान्ड्रा मुलिन भन्छन् कि स्वास्थ्यलाई फाइदा नगर्ने पेय पदार्थलाई खेल मैदानमा स्थान दिनु हुँदैन ।
दुबैले स्वास्थ्य सम्बन्धी जर्नल बीएमजे ग्लोबल हेल्थमा टिप्पणी लेखेका छन् जसमा चिनीयुक्त पेय पदार्थहरू मोटोपना, मधुमेह, उच्च रक्तचाप र हृदय रोग जस्ता विश्वभरका धेरै गम्भीर स्वास्थ्य समस्याहरूको मुख्य कारक हुन् भनी उल्लेख गरिएको छ । उनले कोका कोलाका उत्पादनहरू विश्वव्यापी प्लास्टिक प्रदूषण, हरितगृह ग्यास उत्सर्जन र अत्यधिक पानीको प्रयोगका लागि जिम्मेवार रहेको पनि बताइन ।
‘कोका–कोलासँगको साझेदारी जारी राख्दा, ओलम्पिकले खराब पोषण, वातावरणीय ह्रास र जलवायु परिवर्तनको विश्वव्यापी महामारीमा योगदान पु¥याउँछ,’ उनीहरूले यो पनि लेखका छन्े, ‘अब समय आएको छ अन्तर्राष्ट्रिय ओलम्पिक समितिले खेलाडी, दर्शक र ग्रहको हितमा कोका–कोलासँगको आफ्नो सम्बन्ध अन्त्य गर्नेछ ।’
अर्कोतर्फ, ओलम्पिक आयोजक समितिले २०१२ को लन्डन ओलम्पिकको तुलनामा एकल प्रयोगको प्लास्टिकको प्रयोग आधाले घटाउने लक्ष्य हासिल गर्ने मंगलबार जनाएको छ । तर, ओलम्पिक खेलको स्टेडियम र अन्य ठाउँमा फ्यान्टा, स्प्राइट र कोकका बोतलहरू यहाँ र उता देखिन्छन् । कतिपय ठाउँमा खाली बोतललाई कपको रुपमा पनि प्रयोग गरेको देखिएको छ । यी सबै कारणहरूले गर्दा आलोचकहरुले पेरिस ओलम्पिक फ्रान्सले दाबी गरेजस्तो अहिलेसम्मकै हरित ओलम्पिक नहुने बताएका छन् ।
कोका–कोला कम्पनीले मे महिनामा दर्शकहरूलाई दिइने १ करोड ८० लाख पेयमध्ये आधाभन्दा बढी अर्थात् करिब एक करोड पेयहरू एकल प्रयोग विना प्लास्टिक हुने बताएको थियो । दर्शकहरूलाई ओलम्पिक खेल स्थलहरूमा एकल प्रयोगका प्लास्टिकका भाँडाहरू ल्याउन अनुमति छैन । यद्यपि त्यहाँ कोकाकोलाका बोतलहरू स्पष्ट रूपमा देखिन्छन् । ‘प्राविधिक र ढुवानी कठिनाइका कारण’ उनीहरुले प्लास्टिकको प्रयोग गर्नुपरेको कम्पनीले जनाएको छ ।
उदाहरणका लागि, एक एएफपी पत्रकारले पेरिसमा पौडी खेल्ने प्रतियोगिताहरूमा गिलासका बोतलहरूबाट पेय पदार्थहरू निकालेर रातो र सेतो कपहरूमा खन्याइन्थ्यो भनी देखाए । ओलम्पिकका क्रममा ७०० वटा फोहराहरू जडान गरिएका छन्, तर पनि प्लास्टिकका बोतलहरू व्यापक रूपमा प्रयोग भइरहेको छ, विशेष गरी जहाँ सिसाका बोतलहरू विकल्पका रुपमा उपलब्ध छैनन् ।
प्लास्टिक प्रदूषणको आरोप
कोका कोलाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विद्यमान प्राविधिक तथा यातायातका अवरोधहरूलाई सम्बोधन गर्नका लागि प्रत्येक स्थानमा आफूलाई अनुकूल बनाउनुपर्ने बताएको छ । यसमा पानी र बिजुली आपूर्ति र भण्डारणको लागि ठाउँ पनि समावेश छ । ‘तब मात्र ‘खानाको सुरक्षा र गुणस्तर’ को लागि उत्तम अवस्था प्राप्त गर्न सकिन्छ’, कम्पनीले भनेको छ
तर, सन् २०१२ को लण्डन खेलकुदको तुलनामा प्लास्टिकको प्रयोग अझै कम हुने आयोजक समितिले जनाएको छ । यो लक्ष्यमा बोतलबाट पेय पदार्थ निकालेर कपमा खन्याउने विषय समावेश छैन । वातावरण संरक्षणका लागि काम गर्ने सामाजिक संस्था नेचर इन्भाइरोमेन्टले फ्रान्सलाई ‘अनावश्यक प्लास्टिक प्रदूषण’ गरेको भन्दै आलोचना गरेको छ, यसलाई ओलम्पिकमा ‘ग्रीनवासको लागि स्वर्ण पदक’ दिनु पर्ने बताएको छ ।
कोका कोला कम्पनी विश्वको सबैभन्दा ठूलो प्लास्टिक उत्पादन गर्ने कम्पनी हो । २०२२ मा, कम्पनीले १३४ बिलियन प्लास्टिक बोतल उत्पादन गरेको थियो । कम्पनीले सन् २०३० सम्ममा आफ्ना सबै बोतल रिसाइकल प्लास्टिकबाट बनाउने लक्ष्य राखेको छ । अनुवाद गरिएको